Section 11B
नेपाल सरकारले समिति गठन गर्न सक्ने

नापी अधिकृत वा तोकिएको अधिकारीबाट यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप कुनै काम कारवाई भएको देखिएमा वा वन सीमाना, सरकारी जग्गा, सार्वजनिक जग्गा, सामुदायिक जग्गा वा गुठी अधिनस्थ जग्गा मिची दर्ता गरे गराएको देखिएमा सो सुधार गराउन वा नाप नक्सागरी दर्ता गर्ने सम्बन्धमा कुनै क्षेत्रमा सामान्य समस्या उठेको देखिएमा सो सुल्झाउन नेपाल सरकारले समिति गठन गर्न सक्नेछ ।
यसरी गठन भएको समितिको काम, कर्तव्य र अधिकार सो सामिति गठन हुँदाका बखत तोकिनेछ ।